
विराटनगर । सुनवर्षी नपा ८ हरिश्चनगढी स्थित नंम्वर नखुलेको दुई वटा मोटरसाईकलमा लोड गरी अमुरु २,८३,९००।–(दुई लाख तिरासी हजार नौ सय) मुल्य बराबरको निम्न मेसीनरी पार्टसका सामानहरु अबैध रुपमा भारत बाट नेपाल तर्फ भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय रंगेली बाट गस्तीमा खटिएको टोलीलाई देख्न साथ उक्त सामानहरु सोही ठाँउमा छाडी मानिस मोटरसाईकल लिई फरार भएका मानिसको खोजतलाश भईरहेको समानहरु नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई आवश्यक अनुसन्धान भईरहेको । बुढीगंगा गाँउपालिका वडा नं.२ बाँसबारी चौक स्थित कोशी राजमार्गमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली ल्याएको अन्दाजी ४१,५४० ÷–(एकचालिस हजार पाँचसय चालिस) बराबरको खाद्यान्न तथा लताकपडाहरु ऋच्ख् बासबारीबाट खटीएको प्रहरी टोलीले बरामद गरी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय रानीमा बुझाएको । विराटनगर मनपा १३ गौशाला चौक स्थितमा जिप्रका मोरङबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्दा विभिन्न सवारी साधनमा अवैध रुपमा बोरामा प्याक गरी भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अं.मु.रु.२,२०,०००।–(दुई लाख बिस हजार) बराबरको ११ बोरा सयपत्री फुल तथा माला बरामद गरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय मोरङले आन्तरीक राजश्व कार्यालय इटहरी सुनसरीमा बुझाईएको । बिराटनगर मनपा १५ स्थित बिभिन्न स्थानमा इलाका प्रहरी कार्यालय रानी बाट खटिएको प्रहरी टोलिले भारतबाट नेपालतर्फ अवैधमा रुपमा भन्सार छली गरी ल्याउदै गरेको कपडा अं.मुल्य रु.३३,५००÷–(तेत्तीस हजार पाँच सय) बराबरको सामानहरु नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा ल्याई आवश्यक अनुसन्धान भईरहेको । बिराटनगर मनपा वडा नं. १५ पानी ट्याङ्की अगाडी इलाका प्रहरी कार्यालय रानी बाट खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ भन्सार छली ल्याउदै गरेको खाद्यान्न तथा रंगोलीको रंग अं. मुल्य रु. १२८,०००।– (एक लाख अठाइस हजार) बराबरको सामानहरु नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा ल्याई आवश्यक अनुसन्धान भईरहेको । विराटनगर महानगरपालिका वडा नं.१३ स्थित डिएभी स्कुल छेउमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली ल्याएको अन्दाजी मुल्य.रु.८८,८४० ÷–(अठासी हजार आठ सय चालिस) बराबरको खाद्यान्नका सामाग्रीहरु ऋच्ख् जतुवाबाट खटीएको प्रहरी टोलीले बरामद गरी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भईरहेको ।