
जुवा तास खेलिरहेको अवस्थामा १० जना मानिसहरु पक्राउ
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ११ स्थितमा संगम पार्टी प्यालेसमा जुवाजन्य खेल खेलि रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले जुवातास खेलि रहेको अवस्थामा नगद रु १०,०६,९९५। दश लाख छ हजार नौ सय पन्चानब्बे रुपैयाँ र ५ बुङ तास समेत बरामद गरी होटल संचालक समेत निम्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान भई रहेको छ ।
पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका ११ बस्ने बर्ष ६१ को राजन कडेल , रिाटनगर १२ बस्ने बर्ष ४१ को टुनटुन शर्मा , विराटनगर , ११ बस्ने बर्ष ५७ को पशुपति भगत , विराटनगर १२ बस्ने बर्ष ४७ को सुरेन्द्र ठाकुर , विराटनगर ११ बस्ने बर्ष ५० को विरेन्द्र साह , विराटनगर ३ बस्ने बर्ष ५५ को ध्रुव सिग्देल , विराटनगर ५ बस्ने बर्ष ५५ को मनिराज प्रसाई , विराटनगर १२ बस्ने बर्ष ५० को बाबुराम कटेल , विराटनगर १२ बस्ने बर्ष ४६ को लिला सहनी , विराटनगर ११ बस्ने बर्ष ५९ पदम श्रेष्ठ पाटी प्यालेस संचालक समेत जुवातास खेल्दैगरेको अवूथामा पक्राउ परेका छन ।