
तास खेल्दै गरेको अवस्थामा ४ जना मानिस पक्राउ
विराटनगर । सुनवर्षी नगरपालिका वडा नं. ९ भेडवाथान स्थित कहरसिंह राजवंशीको घरको कोठामा जुवा तास खेल्दै गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा एक बुङ्ग तास तथा सिल प्याक ३ बुङ्ग तास र खालबाट नगद रु.१,८२,०००÷– (एक लाख बयासी हजार), सहित जिल्ला मोरङ सुनवर्षी नगरपालिका वडा नं. ९ बस्ने कहरसिंह राजवंशी,ऐ. बस्ने सुरेश प्रसाद साह, ऐ. बस्बे नित्यानन्द सुतिहार, ऐ. बस्ने उमेश पौदार समेतको साथबाट ऋब्ल्ख्ब्क् ह्ज्ञज्ञण् लेखिएको किप्याड मोवाईल थान–१, ल्यपष्ब कम्पनीको किप्याड मोवाईल थान–१, क्ष्तभ िकम्पनीको किप्याड मोवाईल थान–१ र ख्ष्खय कम्पनीको स्कृनटच मोवाईल थान–१ गरी जम्मा ४ थान मोवाईल समेत रितपुर्वक वरामद गरी निम्न मानिसहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रङगेलीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।