वालबिकासका शिक्षकहरुले वसेर तलव खानु भन्दा पढाएर खानु राम्रो

lहालै विराटनगर महानगरपालिकाले १७ वटा बालविकास केन्द्रलाई विभिन्न सामुदायिक विद्यालयमा समायोजन गरेको छ । विराटनगरमा रहेको वालविकासहरुमा कुनै पनि वालविकासमा छात्रछात्रा दुइचार जना भन्दा वढी हुदैन्थ्यो । किन भने आजका सवै भन्दा गरिवले पनि आफना छोराछारीलाई ३ वर्ष पुग्नेवितिकै मटेश्वरीमा हालने गरेका छन । दलित समुदाय पिछडीएको समुदायहरुको वालवाली ५वर्ष पुरा नभई विधालयमा भर्ना नगर्ने पुरानै परमपरा रहेको छ । घरैनजिक विधालय भएपनि ५ वर्ष नपुगी विधालय नपठाउन गरेको अवस्था छ । साना नानीको कारण ठुला विधालय जानेखालको नानी पनि विधालय जान पाएका हुदैन किन भने सानो नानीलाई ठुलो नानीले खेलाएर वस्नु पर्ने आमावुवा खेतवारी शहरवजारमा रोजगारीमा जाने भएकोले पढनवाट वन्चीत हुने गरेका छन । विराटनगरमा १७ वटा वालविकसहरुमा अधिकान्स वालविकासमा नेताका श्रीमतीहरुलाई पाटीको सिफारीसमा भर्ना गराएका हुन्छन । नेताको श्रीमतीले पढाउने कुरै भएन । विराटनगरमा अधिकान्स वालविकासका शिक्षिकाहरु नपढाई हाजीर गरेकै भरमा तलव खादै आएका थिए । विलविकासको अनुगमन गर्ने मानिसको कर्मचारी थिएन । कसैलाई कारवाही गर्न सकेका थिएन । अव नगरपालिकाले १७ वटा वालविकासलाई सरकारी विधालयमा समावेस गरेपछि अव वालविकासका शिक्षक शिक्षीका १० वजेदेखि ४ वजेसम्म सरकारी विधालयमा अनिवार्यरुपले पढाउनुपर्ने वसनु पर्ने हुन्छ । अव सरकारी विधालयमा वालविकासमा विधार्थी छकी छैन त्यो हेर्नु जरुरी छ । महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको शिक्षा समितिको बैठकले बालविकास केन्द्रका दरबन्दी महानगरमा पुलमा राखी बालविकास सहजकर्ताहरूलाई विभिन्न सामुदायिक विद्यालयमा काजमा खटाएको छ । समुदायमा रहेर सञ्चालित बालविकास केन्द्रहरूमा विद्यार्थी संख्या ज्यादै न्यून हुनुका साथै विद्यार्थीको उपस्थितिसमेत नियमित नभएका कारण समितिको बैठकले बालविकास केन्द्रलाई अन्य विद्यालयहरूमा समायोजन गर्ने निर्णय गरेको हो । उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास मितिका संयोजक काजीबहादुर बस्नेत,वडाध्यक्ष कुमार पोखरेल, उद्धव भुजेलसहित शिक्षा समितिका सदस्यहरूको उपस्थितिमा भएको पूर्ण बैठकले विराटनगर–१ स्थित सिर्जना बालविकास केन्द्रलाई पोखरिया मावि, विराटनगर–४ स्थित सिर्जना बालविकास केन्द्र इक्राहीलाई जनता मावि इक्राही, विराटनगर–११ स्थित गोदारवरी बालविकास केन्द्रलाई अरुणोदय आधारभूत विद्यालय, विराटनगर–१९ स्थित दलित वस्ती बालविकास केन्द्रलाई शिवजी आधारभूत विद्यालय, १९ नम्बर वडाकै मनोकामना बाल विकास केन्द्रलाई जागृति आधारभूत विद्यालय र नवज्योति बाल विकास केन्द्रलाई सार्वजनिक माविमा समायोजन गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले जानकारी दिए । त्यस्तै विराटनगर–१२ स्थित बखरी बाल विकास केन्द्रलाई मिल्स मावि, प्रगतिशील बाल विकास केन्द्रलाई महामाया भगवती आधारभूत विद्यालय, ११ नम्बर वडाको झी गुठी बाल विकास केन्द्रलाई आदर्श मावि, पञ्चमुखी बाल विकास केन्द्रलाई जनता बाल कल्याण आधारभूत विद्यालय, पहिलो पाइला बाल विकास केन्द्रलाई आधारभूत विद्यालय कोचाखाल सृष्टि बाल विकास केन्द्रलाई सत्यनारायण आधारभूत विद्यालय र सुम्निमा बाल विकास केन्द्रलाई अरुणोदय आधारभूत विद्यालयमा समायोजन गरिएको छ ।