वोरामा पैसा वुझाएर आएका एसपीले जनताको हकहितमा के काम गर्लान ?

वोरामा पैसा वुझाएर आएका एसपीले जनताको हकहितमा के काम गर्लान ?
भरखरै मोरङ जिल्लामा काजमा सरुवा भएर एसपी नारायण चिमरिया आएका छन । यसभन्दा अगाडी मोरङमा एसपी नवराज कार्की थिए । उनले मोरङ वसुनजेलसम्म कसरी पैसा कमाउने दाउमा दिन रात सोचेर वस्थे । असल मान्छे भन्दा तस्करहरु संग वढी साठगाठ गर्ने गरेका थिए । कार्की मोरङमा रहुनजेलसम्म खुलेआम तस्करीको लाईन दिएको थियो । पहिला – पहिला साइकलमा , टाउकोमा तस्करी हुन्थ्यो भने कार्कीको पालामा ट्याकटरमा ,मारुतीभेन ,टेम्पु , सिटीरिक्सा , चारचक्केमा तस्करी हुने गथ्यो । तस्करीमा धान , चामल , काजु , किसमीस , मरिच , दाल , खाध्यान्नका सवै प्रकारको सरसामान , लत्ताकपडा ,गाईगोरु खुलेअम तस्करी हुनेगरेको थियो । पहिला –पहिला तस्करीलाई पत्रकारहरुले निर्मुल गर्न समाचार लेखेर ,प्रहरीलाई फोनवाट सूचना दिएर तस्करीलाई अवरोध गर्दै आएको कारणले एसपी कार्कीले तस्करलाई वेलका ८ वजे देखी विहान ४ वजे सम्म तस्करी गर्न छुट दिएको थियो । पछि पत्रकारहरुले राती १० वजेसम्म वोडरमा वसी दिए पछि एसपी कार्कीले तस्करहरुलाई राती १० वजे देखि विहान ४ वजेसम्मको तस्करीको समय छुटाएको थियो । मोरङमा एसपी कार्की १० महिना वस्दा सम्म एक तोला सुन चाँदी समाउन सकेन , हुन्डीकोरुपैया , अवैध रुपले कारोवार हुने भारुमोरु एक रुँपैयापनी समाउन सकेन । सुन चाँदी समाउने प्रहरीलाई सुन वजार आसपास छिर्न प्रतिवन्ध लगाएको थियो । मोरङमा आधा दर्जन घुमुवा प्रहरी थिए । केहीले तस्करीको विषयमा काम ग¥थे भने कसैले अपराध अनुसन्धन ग¥थे , कसैले फरार प्रतिवादीलाई समाउने काम ग¥थे । एक जना एसपीका नजिकका घुमुवाले एसपीकोलागी तस्करहरुसंग रुपैया असुल गरेर ल्याइ दिने काम ग¥थे । एसपी नवराज कार्की वसुनजेल सम्म अन्लाइ जुवा नियमित रुपले हुने गरेतापनी कसैलाई समाउने कारवाही गर्ने काम गरेनन् । मोरङका एसपीहरुले विराटनगरमा रहेको होटल रेष्टुरेन्ट , लजमा हुनेगरेको खुलेआम वैश्यावृतीलाई आखा वन्द गरेवापत , छडके चेकजाच नगरेवापत मोटो रकम उठाउने गरेका छन । विराटनगरमा रहेको क्यासिनौमा नेपाली खेल्न जादा प्रहरीले छडके चेकजाच नगरेवापत मोटो रकम पाउने गरेका छन । विराटनगरमा यतिवेला नयाँ व्यवसायी सुरु भएको छ । विराटनगरको हरेक चोकचोकमा मसाज सेन्ट नाङगो फोटो भएको छोरी मान्छेले छोरा मान्छेलाई मसाज गर्दै गरेको फोटो वजारमा जतात्यतै झुन्डाएको देख्न पाइन्छ । मसाज सेन्टरवाट एसपीले राम्रो रकम उठाउने गरेका छन । अव विराटनगरवासीले हेर्न वाँकी छ , यो एसपी नारायण चिमरीयाले जनताको राज्यको हकहितमा कस्तो काम गर्ने छन । घुस खान्छकी खादैन । सुन चाँदी समाउछनकी समाउदैन । हुन्डीका पैसा र मान्छे समाउछनकी समाउदैन । तस्करीलाई जिरो अवस्तामा पु¥याउछनकी प¥याउदैनन् ? होटल रेक्ष्टुरेन्ट गितगजलमा,मसाजसेन्टरमा खुलेआम वैश्यावृतीलाई जिरो वनाउछनकी वनाउदैन ? मोरङमा एसपीले चोकी इन्चार्ज पठाउदा चोकी इन्चार्जसंग मासीक रुपमा लेलदेन गरेर पठाउन चलन हटछकी हटदैन ? हुनत एसपी चिमरीया आएको २४ घन्टा नवित्दै पत्रकारहरु संग सुझाव लिएका छन । पत्रकारहरुले दिएको सुझाव लिन्तलिए र पत्रकारहरुको प्रश्नको जवाफ दिन सक्नु भएन । उहाले म मोरङमा आएपछि यो गर्छु त्यो गर्छु , केही भन्न चाहनु भएन । उहाले म प्रहरीको ऐनकानुन अनुसार काम गर्ने छु भन्नु भयो । तपाई राजन लिम्मुलाई पाइपास गरेर मोरङ आउन किन मरिहत्तै गर्नु भयो भन्ने प्रश्नमा उहाले सरुवा प्रहरीको नियमित प्रकृया हो जवाफ दिएर पत्रकारहरुलाई आलटाल जवाफ दिएका थिए ।