९ जना बन्दकर्ताहरु पक्राउ परेका छन्

 ९ जना बन्द कर्ता पक्राउ

 

बिराटनगर, २०८० मंसिर ३० गते ।

कोशी प्रदेशको सुनसरी र झापाबाट ९ जना बन्दकर्ताहरु पक्राउ परेका छन् । यातायात बन्द गर्दै हिड्ने पहिचानबादी समुहका ९ जना बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । धरानमा बन्द गराउँदै हिड्ने  राष्ट्रीय जनमुक्ती पार्टी ९ सुनसरी सचिब० संघर्ष समिति सचिवालय सदस्य सिवहाङ राई, ज.स.पा. धरान १५ अध्यक्ष हरि राई, ज.स.पा.युवासंघ सुनसरी अध्यक्ष करूण राई, ज.स .पा. धरान सह‍(‍सचिव सुमन चेम्जोङ लिम्बु र किरात राई यायोख्खा सुनसरी सह –सचिव शम्भु राई धरानबाट पक्राउ परेका हुन् । यसैगरी झापाको कमल गाउँपालिका ३ केर्खामा यातायात बन्द गर्न खोज्ने संघिय लोकतान्त्रीक मञ्च नेपालमा आबद्ध ईलाम चुलाचुलीका ध्रुव लावती, सिवसताक्षी नगरपालिका ७ का लिम्बुवान कार्यकर्ता उदयशिगु लिम्बु, नेपाल तामाङ घेदुङ संघ प्रदेश सदस्य जस कुमार तामाङ र संघिय लिम्बुवान चुलाचुली अध्यक्ष नरेन्द्र लिम्बु झापाबाट पक्राउ परेका हुन ।