प्रतिबन्धित लागुऔषध सहित २ जना प्रक्राउ

 

कार्तिक १५ गते ।

विराटनगर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका(१० गैरुन कालीखोला स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जना भारतिय नागरीकलाई प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार सुपौलका २७ बर्षिय जसबिन कुमार मण्डल ,बिरपुर थाना(१२ का २७ बर्षिय सन्तोष कुमार महतो रहेका छन् । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट मंगलवार राती खटिएको प्रहरी टोलीले कालीखोलाको नजिकै रोकेर राखेको द्यच् ज्ञज्ञएद्य ज्ञघछछ नम्बरको स्कारपियो गाडीलाई चेकजाँच गर्दा उक्त गाडीको गियर बक्स भित्र कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थामा २७ ग्राम लागुऔषध ब्राउनसुगर र नगद १ लाख ५४ हजार फेलापारी बरामद गरी स्कारपियो सहित निजहरुलाई नियन्त्रणमा लिईएको थियो । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।