यतिवेला नेपाल प्रहरी भनदा सशस्त्र प्रहरी नेपाल भारत सिमाना वोडरमा चोरी तस्करीको सरसामान समाउनेमा विराटनगर भन्सार मुद्दा फाटका अनुसार सवै भन्दा अगाडी नेपाल प्रहरी रहेको देखिन्छ । विगत ६ महिना देखि सशस्त्र प्रहरीले वोडरमा कुनै व्यापारी संग घुस खानु पर जाऔंस कसैको पानी समेत खान मान्दैन । सशस्त्र प्रहरीका डिआजीले घुस खान नमाने पछि उनका मातहतका कुनै पनि कर्मचारीले घुस खाने आट गरेका छैन । डिउटीमा खटिएका सशस्त्र प्रहरी का सिपाही ,हवलदार ,असयी ,सयी जस्ताले दिन भरी ज्यान फालेर तस्करीका सरसामान समाउने काम गरे पनि वेलुका ८ –९ वजे तिर समाएको सरसामान डिएसपीले छाडदै गरेको अवस्था रहेको छ । आर्थीक वर्ष ०७९ –०८० पोष सम्ममा शसस्त्र प्रहरीले विराटनगर भन्सार कार्यालयको मुद्दाफाटमा १ सय ५ वटा तस्करीको मुद्दा दर्ता गराउदा ६९ लाख ३७ हजार मुल्य वरावरको सरसामान समाएर भन्सार वुझाएका थिए । तर सोही समयमा नेपालले आर्थीक वर्ष ०७९ –०८० पौष समममा ६९ वटा मुद्दा दर्ता गराउदा ९ लाख ८५ हजार मुल्य वरावरको सरसामान समाएर भन्सार कार्यालयमा वुझाएका छन । त्यसैगरी आर्थीक वर्ष ०७९ –०८० असार मसान्त सम्ममा शसस्त्र प्रहरीले ४ सय ५० वटा मुद्दा दर्ता गर्दा २ करोड १३ लाख २६ हजार मुल्य वरावरको सरसामान समाएर वुझाएको रेकड रहेको छ । तर सोही समय आर्थीक वर्ष ०७९–०८० असाढ मसान्त सम्ममा नेपाल प्रहरीले ३ करोड २९ लाख ४४ हजार मुल्य वरावरको सरसामान समाएर भनसार वुझाएका छन । पछिललो ६ महिनामा शसस्त्र प्रहरीले ३ सय ४५ वटा मुद्धा दर्ता गराएका थिए । शसस्त्र प्रहरीले मुद्धा संख्या वढाउने तर मुल्य घटदो रहेको छ । शसस्त्रले सस्तो सरसमान समाएर हिरो वन्न खोजने काम भइरहेको छ । महगो सरसामान छोडने र केही वसतु समाएको वस्तु पनि कार्यालय भित्रवाट छाडदै आएका छन । पछिलो ६ महिनामा नेपाल प्रहरीले शसस्त्र प्रहरी भन्दा केही कम जम्मा ३ सय १७ वटा मुद्धा दर्ता गराउदा दुई करोड ३६ लाख ५९ हजार मुल्य वरावरको तसकरीको सरसामान समाएर भनसार वुझाएका छन । जनताको नजरमा शसस्त्र प्रहरीले दिन रात ईमानदारी पुर्वक घुस नखाई काम गरेको देखिन्छ । अर्को तिर नेपाल प्रहरीका माथीलो दर्जाको डिआजी , एसपी ,देखि सिपाही हवलदार सम्मका प्रहरीले घुस खान छाडेका छैन । तस्करीको सामान आँखा अगाडी देखा परेमा समाउन पनि पछि पर्दैन । त्यसैले नेपाल प्रहरीले शसस्त्र प्रहरी भन्दा वढी सामान समाएको देखिनछ । हुनत नेपाल प्रहरी र शसस्त्र प्रहरीले साउन महिनामा जम्मा १५ दिनमा ६४ वटा मुद्धा दर्ता गराएर ४० लाख ५७ हजार मुल्य वरावरको सरसामान भन्सार कार्यालयमा वुझाउका छन ।