प्रतिबन्धित लागुऔषध सहित ७ जना पक्राउ

प्रतिबन्धित लागुऔषध सहित ७ जना पक्राउ
विराटनगर, कार्तिक ०६ गते ।
सुनसरी र मोरङको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक ५ गते दिउँसो सुनसरीको बराहक्षेत्र
नगरपालिका १ स्थितमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चताराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोजपुर
हतुवागढी ७ का २३ बर्षीय समुथल राई र १८ बर्षीय विश्वहाङलाई १०० मिलीग्राम खैरो हिरोईन सहित नियन्त्रणमा लिएको छ । यसैगरी इलाका प्रहरी
कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय सितागंजको प्रहरी टोलीले बर्जु गाउँपालिका २ स्थितबाट २९ किलोग्राम ४५५ ग्राम गाँजा सहित धरान उप
महानगरपालिका १७ का २९ बर्षीय सपन राईलाई नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी चौकी देउराली सुनसरीले धरान १४ का ३० बर्षीय महेश कुमार
तामाङलाई ट्रामाडोल ४ सय चक्की र स्पारेट ४ सय चक्की सहित नियन्त्रणमा लिएको हो । यसै गरी इलाका प्रहरी कार्यालय दुहबीले ईटहरी उप(महानगरपालिका ४ का ३८ बर्षीय हेमनारायण यादव र ईटहरी ३ का २९ बर्षीय विजय लिम्बुलाई लागू औषध १२० चक्की र १६ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर
सहित र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १८ का १८ बर्षीय अभिषेक मण्डललाई ६ ग्राम ५६ मिलिग्राम ब्राउन
सुगर सहित नियन्त्रणमा लिएको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।