सम्पादकीय
दशैंमा मुर्ती सजाउन विराटनगरमा ५ करोड भन्दा वढी रकम वयात खर्च
दशैं चाड पर्व यही असोज महिनामा छ । जव दशैं नजिक आउछ तव नेपाली जनताको तालुमा आलु फल्न थालेको महसुस हुन्छ । किन भने सवै पर्व भन्दा खर्चिलो पर्व हो । कर्मचारी होसकी किसान होस , मजदुर होस सवैलाई दशैं वरावरनै हो । सवैले आफनो आर्थीक क्षमताले भिआए सम्म राम्रो मिठो मसीनो खाने राम्रे लताकपडा खरिद गर्ने चाहना जोकोहीलाई हुन्छ । ऋणकर्जा लिएर भएपनी वोका खरिद गर्नु पर्ने । चोकमा मुर्ती स्थापना गरेको हुन्छ , मेला समिती चन्दा माग्न आउछन । छिमेकीले दुई हजार चन्दा दिने तपाईले ५ सय मात्र दिने , हुदैन भनेर वलजवरजस्ती करचाप लगाएर दुइ हजार चन्दा लिएर जाने चलन पनि वढेको छ । यो एउटा विक्रीती हो । मेला लगाउने नाममा चोक – चोकमा कम्पीटीसनमा मुर्ती स्थापना गर्ने र गाँउटोल भरी चन्दा आतङक मचाउने यो केही वर्षदेखि चलिआएको चलननै भइसकेको छ । विराटनगरको ५० स्थान भन्दा वढी स्थानमा मुर्ती वनाउने मेला लगाउने गरेको छ । विराटनगरको मुल वजारमा ५०औ वर्षदेखि मनाउदै आएका छन । उनिहरुले मनाउनु पर्छ , किन भने मुल वजरमा सवै नगरवासीहरु दर्शन गर्न आउने घुमने समय विताउने एउटा माधयम पनि हो । यस्ता लाखौ रुपैयाँ खर्च गरेर मुर्ती वनाउनेहरुमा विराटनगरको ट्राफीक चोक , जलजला चोकको ढाडेवाल निवास भित्र , विराटनगरको सत्यनारायण मन्दिर छेउमा माडमाडी समुदायहरुले लाखौ करोड रुपैयाँ लगानी गरेर भव्य सानदार मुर्ती वनाउने र सजाउने काम विगत लामो वर्ष देखि गर्दै आएको छ । यो तिन वटा स्थान विराटनगरको पहिचान पनी हो । विराटनगरको सान प्रतिष्ठाको लागी भए पनि यी तिनवटा स्थानमा खर्च गर्दा कसैले विरोध गर्दैन । तर विराटनगरको मझुवा तेलीया पोखरी, विराटनगरको वखरी वगैचा चोक , केशलीया मार्गको नहरमा , विराटनगरको तिनपैनी चोक दुर्गा चोक ,विराटनगरको वह्रम्पुरा टोल ,विराटनगरको सरहोचीया शैलेश मन्दिर छेउमा लाग्ने मेलाहरुमा स्थानीवासीहरुले लाखौ रुपैयाँ खर्च गरेर राज्यको पैसा दुरुप्यो गरेको जस्तो आम जनतालाई महसुस हुने गरेको छ । दशैं नमनाउने होईन मनाउनु पर्छ तर आजको २१औ शतावतीमा पैसाको मुल्यलाई विचार गर्नु जरुरी छ । दशैंमा खर्च हुने सवै पैसा घुमीफिरी भारतनै जान छ । नेपालीले कमाउनेहोईन । मुर्ती वनाउने भारतका मुर्तीकार , मुर्तीको सिङगार सामग्री भारतवाट खरिद गरेरल्याएका हुन्छन । विजुली वती झिलीमिली वती भारतवाटै ल्याएका हुन्छन । हुदा हुदै पुजाको सवै सामग्री भारतकै जोगवनी वजारवाट खरिद गरेर ल्याएका हुन्छ । अन्तमा दशैंको दिन गित गाउने कलाकार पनि भारतवाटै महगो मुल्य तिरेर ल्याएका हुन्छन । गाँउघरमा भारतवाट ड्रामापाटी डान्स, छैलाविहारी , रौवा रिक्सावला , खेसारीलाल जस्ता महगा कलाकार ल्याएर नेपालको पैसा भारत पठाउने काम भइरहेको छ । हुदाहुदै भारवाट कुस्ती खेलाडीहरु पैसा तिरेर ल्याउने गरेका छन । हामी नेपालीले खाडी मुलुकवाट कमाएर ल्याएको पैसा भारतमा खर्च गर्ने गरेका छौ । हामी नेपालीको आमदानी चरनी खर्च रुपैयाँ भने जस्तै हो । यो तितो सत्यलाई कसले कहिले वुझने । अव आउदो दशैंमा भारतको कलाकार होईन नेपालकै कलाकार ल्याऔं । मुर्तीकार भारतको होइन नेपालमै मुर्तीकारको तालीम दिई मुर्तीकार जन्माऔं । चोकचोकमा कम्पीटीसनमा मेला नलगाऔं । हाम्रोवाउवाजेले कम खर्चमा मनाउदै आएको जस्तो दशैं मनाऔं । अरुको देखासिकी नगरौं । वयात खर्च नगरौं । स्वदेशी सरसामान प्रयोग गरौं । फुलको मालाको ठाउँमा रुद्रक्षको मालाको प्रयोग गरौं ।