पर्दा
विराटनगरका मेयरको सवै योजना असफ फेरी ट्राफीकलाईटको चर्चा
विराटनगरमहानगरपालिकाको मेयर नागेश कोईरालाले आजसम्म गरेको कामको नतिजा सकारात्मक सफलता प्राप्त नभएको असफल सावती हुदै आएको नगरमा चर्चा छ । मेयर कोइरालाले सवै भन्दा पहिले सडकपेटी हटाएर वालेन वन्न खोजे तर वालेको जस्ता नाम कमाउन सकेन । विराटनगरको हाटवजारमा विक्रीगर्ने तरकारी लुटेर लाने छरी दिने समाएर नगरपालिका लाने र जरिवना गरेर छाडे । सडकपेटीमा माछा विक्री गर्न दिएन । माछा व्यापारीहरु नगरपालिका घेराउ गर्दा केही दिन पछि फेरी वजारमा हाटवजारमा माछा विक्री गर्न दियो । हाटवजारमा कोइराला असफल भए । वालेनको जस्तै छोटो समयमा नाम कमाउन विराटनगरको वजारको पसलको माथी लगाएको छानो हटाउने अभियान सुरु गरे । उतm अयिानले विराटनगरको केही सडक जुन सडकमा सुन व्यापारीहरु नभएको सडकहरुको पसलको छाना भत्काउने काम भयो । छानो भत्काउदै ठाकुरवाडी रोड जादा सुन व्यापारीले कानमा सुटुक केभने त्यो रोडको छानो भत्काउन छोडेर उतm अभियाननै वन्द गरे । छानो भत्काएर वालेनको जस्तो नाम कमाउन नसकने भएपछि केइरालेले पार्कीङ तिर हात हाले विराटनगरमा केही हप्ता नगरपालिकाले आतङकनै मचाएको थियो । विहान ८ वजे देख ५ वजेसम्म सडकमा पार्की गर्न नपाउने भएका थिए । विराटनगरका व्यापारी पसलेहरु टाढाटाढावाट आएका हुन्छ । पसलको अगाडी आफनो सवारी साधन पार्कीङ गरेर दिनभरी व्यापार व्यवसायी गर्दै आएकालाई पार्कीङगर्न रोक लगाएका थिए । व्यापारीले नगररक्षकहरुलाई कुटपिट होहल्ला जुलुसनारा लगाए पछि त्यो अभियान समेत खारेज भयो । त्यसपछि कोइराले विराटनगरको खाली ठाउँ जग्गा खोजदै भाडामा लिएर विराटनगरको आठ नौ स्थानमा पार्कीङको व्यवस्था गरिएको थियो । सवै पार्कीङ स्थलमा महगा – महगा सिसी क्यमरा खरिद गरेर जडान गरेका थिए । आज त्यो क्यमरा के भयो कहा कुन अवस्थामा छ । सिसी क्यमराको वारेमा कसेले चासो राखेको छैन । कतै कर्मचारलिे आफनो घरमा त प्रयोग गरेका छैन । पार्कीङमा पनि सफलता हात्त पार्न नसक्दा मेयर नगेश कोइरालाले वालेले गरे जस्तै नगर रक्षकहरुलाई कडाईका साथ वजारमा निकालेका थिए । नगर रक्षकहरुलाई १० वटा विधुतीय साइकल खरिद गरिदिए । नगर रक्षकहरुले केही दिन वाटोवाटोमा पार्कीङ गरिरहेको सवारी साधनमा हुकलगाउदै जनतालाई दुख दिएको थियो । जसका कारण जसपाका नेता राजकुमार यादवले नगर रक्षकरुलाई हातपात समेत गरेको घटना सार्वजनिक भएको थियो । विधुतीय साईकल खरिद गरेको एक महिना पछि विग्रेके र सो साईकल मर्मत गर्दा साइकल प्रयोग गर्नेले एक लाख भन्दा वढीको विल पेश गरेको थियो । उतm साईकल अहिले कुन अवस्थामा छ कहाँ ,छ , कसैले प्रयोग गरिरहेको छ । जसले प्रयोग गर्दै छ उसले कार्यालयको समय सम्म मात्र प्रयोग गर्नु पर्ने हो । तर प्रयोग गर्नेले घरमा लगेर दाउरा वोकने चामल वोकने काममा प्रयोग गरेर साईकल कवाडी वनाई दिएको अवस्थामा छ । नगरका इन्सिपेकटर राजेन्द्र पोडेलका अनुसार १० वटामा ८वटा विग्रेको अवस्थामा छ भने २ वटा मात्र सुचारु अवस्थामा रहेको वताए । मेयरले विराटनगरको कुन किसानलाई मोकैको विउ, तोरीको विउ , मल ,निशुल्क रुपमा वितरण गरे । कृषी कार्यक्रममा ठुलो आर्थीक हिनामिना भएको देखिन्छ । यतिवेला आएर मेयरले ४६ लाख खर्च गरेर ट्राफीक लाट राजमार्गमा जडान गरेको छ । जडान गर्नु राम्रो कुरा हो तर सम्वन्धी निकाय ट्राफीक प्रहरी हो । नगरपालिकाले ट्राफीक लाईट सम्वन्धमा जिल्ला ट्राफीक संग कुनै समन्वय गरेको छैन । यो ट्राफीक लाई पनि कही दिनकोलागी मात्र होला । कहा कुन थोथरे कमपनी पुरानो ल्याएर नयाको विल पेस नगरा भन्न सकिनन ।