कोशी ब्यारेजबाट सप्तकोशी नदीमा खसेको बसमा रहेका सबै यात्रुको सकुशल उद्धार

विराटनगर । सुनसरी र सप्तरीको सिमानास्थित कोशी ब्यारेजबाट सप्तकोशी नदीमा खसेको बसमा रहेका सबै यात्रुको सकुशल उद्धार भएको छ । बसमा १७ जना सवार थिए ।

सबै यात्रुको सकुशल उद्दार गरेको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बताए । उनका अनुसार चालक लहान नगरपालिका–८ घर भएका अन्दाजी ३५ वर्षीय चन्दनकुमार मेहता प्रहरी नियन्त्रणमा छन् । उद्धार गरिएका यात्रुहरु सामान्य घाइते छन् ।

उद्दार गरिएका यात्रुको नामावली

१,सप्तरी कन्चनरुप नगरपालिका– १ का २० वर्षीय मौसम श्रेष्ठ
२, सप्तरीका २८ वर्षीय सुलेन्द्र राम
३, हनुमाननगर कंकालिनी नगरपालिका– ४ का भोलाप्रसाद साह,
४, उदयपुर चौदण्डीगढी नगरपालिका– २ का ७० वर्षीय हर्कबहादुर कटुवाल
५, सप्तरीको रुपनी नगरपालिका– २ की २७ वर्षीया सरिता खातुन
६, उदयपुर चौदण्डीगढी नगरपालिका– १ की २८ वर्षीया अर्चनाकुमारी शर्मा
७, मोरङको सुन्दरहैचा नगरपालिका– ३ का ३४ वर्षीय दिलिप चौधरी
८, मोरङको सुन्दरहैचा नगरपालिका– ३ की ३४ वर्षीया अनिता चौधरी
९,मोरङको सुन्दरहैचा नगरपालिका– ३ की २ वर्षीय सुजता चौधरी ९अनिताको छोरी०
१०, सप्तरी सुरुङगा नगरपालिका– ५ की १५ वर्षीया रोकिया खातुन
११, सुरुङगा नगरपालिका– ५ की २५ वर्षीय रविना खातुन
१२, सुरुङगा नगरपालिका– ५ की ८ वर्षीय हलिना खातुन९ रविनाको छोरी०
१३, सुरुङगा नगरपालिका– ५ की ३ वर्षीय उमेरा खातुन ९रविनाको छोरी०

उद्दार गरिएका ३ जनाको नाम प्राप्त हुन बाँकी छ ।