
लागुऔषध ब्राउन सुगर सहित ६ जना पक्राउ
बिराटनगर, भदौ २१ गते ।
झापा, इलाम र भोजपुरबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । भादौ २० गते लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा झापाको मेचीनगर नगरपालिका(६ स्थितबाट भारत वेष्टबंगालका २२ बर्षीय मनोज शर्मालाई १ ग्राम, मोरङ बेलबारी नगरपालिका(४ का २८ बर्षीय बिरेन लोवालाई १० ग्राम, दमक नगरपालिका(९ का २४ बर्षीय तिलक मग्रातीलाई १ ग्राम र सप्तरी सुरुङ्गा नगरपालिका(१ का २२ बर्षीय एलन बिष्टलाई ६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी भोजपुरको प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोजपुर नगरपालिका(९ का ३१ बर्षीय जसिन राईलाई ३ ग्राम ७६ मिलि ग्राम ब्राउन सुगर सहित र इलामको प्रहरी चौकी दानाबारीले माई नगरपालिका(१ का ३५ बर्षीय तिर्थ गिरीलाई १ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।