पर्दा
विराटनगरको जोगवनीनाकामा डिउटीमा रहेका शसस्त्र प्रहरीका कर्मचारीहरुले साना मसिना घराइसी प्रयोजनका मानीसको सरसामान खोसखास गर्ने तर ठुला तस्करहरुलाई वेलावेलामा आँखा चिमलेर सहयोग गर्दै आएका छन । भारतको जोगवनी वजारमा नेपालका इटहरी , धरान , वेलवारी ,लेटाङ , पथरी , केरावारी , मंगलवारे ,उर्लावारी , विराटचौक , इनरुवा , उदयपुर ,धनकुटा लगायत काठमाण्डौं सम्मका मानीसहरु घराइसी सरसामान खरीद गर्न जोगवनी वजार आउने गरेका छन । शसस्त्र प्रहरीले हरेक महिना विभागको आदेश अनुसार लक्षय पुरा गर्न ४० लाख मुल्यवरावरको सरसामान समाएर वुझाउनु पर्ने वाध्यता हुन्छ । डिउटीमा खटिएका शसस्त्र प्रहरी कर्मचारीहरुले सर्व सधारण घरेलु प्रयोजनका सरसामान खोसेर भन्सार वुझाउदै गरेका छन । टाढा टाढावाट आएका महिलाहरुको पहुच नपुगेको कारण समाएको सरसामान फिर्ता लिन नसकेको अवस्था हरेको छ । साना तिना थोरै पुजीलगाएर तस्करी गर्ने र घरपरिवार पालनेको प्रहरीले सामान समाएर वुझाई दिने गेका छन । तर ठुला तस्करहरु तस्करी गर्नुभन्दा पहिले डिउटीमा रहेका इन्चार्ज देखि सिपाही हवल्दार सम्मलाई पहिला चिसो पानी खुवाएर कुराकानी अगाडी वढाउने गरेका छन । केहीलाई देउराली होटलवाट नास्ताको पोका ल्यादिने गरेका छन भने एक पोका वरावर एक सय , दुई सय रुपैयाँ लिएर सामान तस्करी गर्न शसस्त्र प्रहरीले विगत लामो समय देखि सहयोग गर्दै आएका छन । शसस्त्र प्रहरीको पैसा डिउटीमा खटिएका चेक जाच गर्ने स्थानमा दुई जना महिला प्रहरी खटिएका हुन्छ , तिनै दुई जनाले घुसको पैसा उठाउने गरेका छन । डिउटीमा खटिएका इन्र्चाजले वेलावेलामा नजिकैको चिया पसल ,नास्ता पसल , आइसक्रीम पसल , कुना काप्चामा तस्करसंग रकम लिदै आएका छन । वाठा इन्चार्जहरुले आफुले घुसको रकम आफैले नउठाएर हवलदार , वरिष्ठ हवलदारहरुलई जिम्मा दिने गरेका छन । ठुला तस्करहरुको सरसान दुई नम्वर गेटमा आइपुग्दा सवै प्रहरीहरु कुनैन कुनै वहाना वनाएर साना तिना सरसामान लुटने नाटक गरे जस्तो गर्ने र ठुला तस्करलाई सहज वनाई दिने र सोही मोका छोपेर ठुला तस्करहरुले एक पटकमा लाखौ मुल्यवरावरको लतmाकपडा मेसनरीपाटपुर्जा लाने गरेका छन । पत्रकार आम जनताले हामीलाई एक वोरा चामल जान नदिने ठुला तस्करहरुलाई लाखौको सरसामान जान दिने भनेर वेलावेलामा वाद विवाद समेत पर्ने गरेको छ । प्रहरीको रेडीमेट जवाफ हुन्छ , हामी पनी तपाई जस्तै मान्छै हो । काम गरेकै छ । यता समाउन खोजयो उता भाग्छ त हामीले के गर्ने जवाफ आउछ । खुल्ला वोडर हो अलिअली गइहाल्छनी भनेर आम जनतालाई प्रहरीले जवाफ दिने गरेका छन । शसस्त्र प्रहरीका डिउटीमा खटिएकाले ठुला तस्करलाई लखेटे जस्तो मात्र गर्ने गरेका छन तर कहिले समाउन सक्दैन । समाइ हाले पनि झुकीएर जस्ले समयमा पैसा नवुझाउनेको सामान समाउने गरेको तर एक छिनमा कुरा मिलेमा एक घण्टा पछी निजको सामान छोडने गरेका छन । जुन दिन देखि टंकीको डिउटी खटिएको छ त्यो दिन देखि एक नंम्वर ढाट र दुई नम्र ढाटमा १० वजे देखि ६ वजे सम्म तस्करी केही पहिलाको डिउटीवलाहरुको तुल्नामा धेरैनै कडाइ गर्दै आएका छन । टंकविाट २० जनाको टोली हरेक दिन आउने गरेका छन । पहिला चाइना वजार ,हुलास चौक ,दरहैया , मटेरवा ,एक नम्वर ढाट र दुई नम्वर ढाटमा विओपी रानीको टोली डिउटी हुने गरको थियो । जुन दिन देखि भन्सार प्रमुखले विओपीको प्रहरीमाथी विश्वास लागेन टंकीवाट एसपीलाई भनेर थप टोली मगाएदेखी ढाटमा धेरैनै सुधार भएको छ । पहिला एक नम्वर र दुई नम्वर ढाटमा डिउटी गर्नेहरुलाई अहिले चाइनावजार , हुलास चौक ,दक्षिन गेट ,दरहैयामा डिउटी खटाएको छ । दिन भरी एक नम्वर ढाट र दुई नम्वर ढाट कडाई भएपनी दिन भरी चाइना वजार गुलजारनै हुनेगरेको पाईनछ । चाइना वजारको जतिपनी होटल पसल छन ति सवैहरेक दिन वेलुका ६ वजे टंकीको टोली गए पछि विओपी रानीको टोलीको पालो आउछ त्यसमा रहेको इन्चार्ज सयी रन्जीत ठाकुर , असयी भेनुलाल चौधरी , नैना मगर , असयी नारयण वस्तेत असयी प्रेम विक र सयी कुमार लम्सालको पलामा तस्करले खुलेआम दिल खुलेर तस्करी गर्न पाउने गरेका न । यी इन्चार्जहरुको पालो आएमा तस्करहरु खुशी हुने गरेका छन । तर अर्का एक जना असयी धरतेन्द्र पोखरेल जसलाइ सवैले गोरे र गुइरे भनेर परिचित छन । यीकोपालामा कुनै पनि तस्करले तस्कर िगर्न पाउदैन । किन भने उनले भनछन मैले कसैसंग आफनो हातले पैसा लिएको रेकड फेला परेमा म जागिरवाट राजीनामा दिएर हिडछु । मेरो नाम वेवेर कसले कहा पैसा लिएका छन मलाई मतलव छैन ।चाइना वजारको सवै होटलके पछाडीपटी ठुल्ठुला झियाल ढोका रहेको छ । यसभन्दा अगाडी धेरै पटक पैमुख जिल्ला अधिकारी र एसपीको टोलीले उतm झियाल ढोका वन्दन गराउन लगाएपनी यतिवेला सवैले उतm झियाल ढोका खोलेका छन । सोही झियाल ढोकावाट दिन भरी तस्करी हुने गरेको छ । जतिवेला तस्करीको सरसामान टेम्मुमा लोड हुनथालछ त्यतीवेलानै डिउटीमा रहेको शसस्त्रप्रहरीको कर्मचारीलाई दिसा पिसा लाग्ने गरेको पाइन्छ । तस्करीको सरसामान निकालनै वेलामा प्रहरी साइड लागे पछि तस्करलाई तस्करी गर्न सहज हुने गरेको छ । योसव कुरा तस्कर र प्रहरी विच आपसी सहमतीमा हुने गरेको पाइन्छ । विओपी रानीले महगा काजु ,मरिच ,जिरा समाए समाए पनि हाल सम्म विराटनगर भनसार कार्यालयमा एक किलो सम्म पनि वुझाएको रेकड देखिदैन । भन्सार कार्यालयले विगत तिन महिना देखि लिलाम नगर्दा गोदाममा सरसामान गुहिएर विग्रेको अवसथामा रहेको छ । केही वस्तुको डेटस्पायर भइसकेको छ ।