गाँजा र लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ

गाँजा र लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ

बिराटनगर, माघ ०९ गते ।
सुनसरी र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट सोमवार गाँजा र लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा सोमवार दिउँसो सवा २ बजे अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीको टोलीले सुनसरीको देवानगंज गाउँपालिका–६ नहरचौक स्थीतमा रासिबाट भारततर्फ जादै गरेको को १ ह ५०९९ नम्बरको अटोलाई रोकेर चेकजाँच गर्दा अटोको पछाडीको डिकि र अटोको भित्र सिलिङको भागमा प्लाष्टिकको १ किलोको पोका बनाई राखेको ८० वटा पोकामा भएको जम्मा ८० किलो गाँजा बरामद गरेको थियो । बरामद गाँजा सहित अटो चालक सुनसरीको धरान उप–महनगरपालिका–११ का २९ बर्षिय कुमार तामाङ र अटोमा सवार ३० बर्षिय राम बहादुर राई समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य गरीरहेको ईलाका प्रहरी कार्यालय देवानगंजले जनाएको छ । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले सोमबार भारतको अररीया जोगबनी–११ धर्मशालाका २० बर्षिय बिशाल पोदारलाई बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाट स्थित भारतबाट नेपालतर्फ पैदल आउदै गरेको अवस्थामा ३ ग्राम ११ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानिले जनाएको छ ।