
विराटनगर । विराटनगर महानगरपालिका ६ केशलिया मार्गमा को ७ प ५२२१ नम्बरको मोटरसाईकलमा सवार एक जनालाई श्रोत नखुलेको नेपाली नगद रू १९ लाख ९० हजार सहित मोरङ प्रहरीले पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा मोटरसाईकल चालक सुनसरी जिल्ला देवानगन्ज गाउँपालिका ५ बस्ने ४९ बर्षिय सुरेन्द्र प्रसाद साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा अपरेशन गर्ने क्रममा निज साहलाई विराटनगर केशलिया मार्गबाट पक्राउ गरिएको हो । पक्राउ परेका साहलाई बरामद गरिएको नगद र मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसान्धान कार्यालय इटहरी सुनसरी पठाईएको छ ।
अवैध हुण्डी कारोवारलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मोरङले त्यसमा संलग्न कारोबारीहरूको शुक्ष्म अनुसन्धान गरी पक्राउ गर्न विशेष अपरेशन संचालन गरेको छ । यसै क्रममा २०८० साल कार्तीक १४ गते १६ बर्षिय वालकलाई नगद रू।२१ लाख ८७ हजार नगद नेपनल प्रहरीले पक्राउ गरेको थियो । त्यसैगरी २०७९ साल फागुन २६ गते विराटनगर १५ सुडी वस्ती बस्ने धर्मानन्द साहलाई नगद रू। ४ लाख ७५ हजार नगद पक्राउ गरेको थियो । त्यसैगरी २०७७९ माध २६ गते विराटनगर १५ बस्ने रंजित कुमार साहलाई नगद रू ९ लाख २० हजार सहित पक्राउ गरी राजश्व अनुसान्धान कार्यालय इटहरी सुनसरीमा बुझाईएको थियो ।