२ नाल भरुवा बन्दुक सहित पक्राउ

२ नाल भरुवा बन्दुक सहित पक्राउ
, २०८० पुस ११ गते ।
विराटनगर । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका– १ त्रिवेणी बनबाट भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेएको छ । पक्राउ पर्नेमा स्थानीय २४ बर्षीय मौसम खिमदिम र समिर खिमदिम रहेका छन् । बिशेष सुचनाको आधारमा मंगलवार साँझ साढे ७ बजे प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई उक्त बनबाट भरुवा बन्दुक– २ नाल, भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न सामाग्रीहरु, खुकुरी–१ थान, गेटिस (गुलेली)– १ थान, मारेको कालिज– १ वटा र मोबाईल १ थान सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको छ ।