
मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ
विराटनगर । बिगत केही समय देखि बिराटनगर महानगर क्षेत्रबाट लगातार मोटरसाईकलहरू चोरी भएको खवर प्राप्त भई अनुसन्धान गर्ने क्रममा नोवेल अस्पताल, विराट टिचिङ अस्पताल, कोशी अस्पताल, सेन्ट्रल मल र पुरानो गुद्री लगायतका बढि भिडभाड हुने स्थानहरूबाट हराएका १६ वटा मोटरसाईकलहरूको चोरीमा संलग्न २ जना प्रतिवादीहरूलाई मोरङ प्रहरीले पक्राउ गरिएको छ ।
नोवेल अस्पतालबाट साईन मोटरसाईकल २ वटा, सुपरस्प्लेण्डर मोटरसारईकल २ वटा र अपाची मोटरसाईकल १ वटा, सेन्ट्रल मलबाट साईन मोटरसाईकल १ वटा, सुरपस्प्लेण्डर मोटरसाईकल २ वटा र पल्सर मोटरसाईकल १ वटा, कोशी अस्पतालबाट सुपरस्प्लेण्डर मोटरसाईकल १ वटा, गुद्रीबाट सुपरस्प्लेण्डर मोटरसाईकल १ वटा, मालपोत कार्यालयबाट सुपरस्प्लेण्डर मोटरसाईकल १ वटा, नापी कार्यालयबाट साईन मोटरसाईकल १ वटा र विराट टिचिङ अस्पतालबाट सुपरस्प्लेण्डर मोटरसाईकल १ वटा गरी १४ वटा मोटरसाईकल चोरी गरेका थिए।
अभियुक्तहरूको खोजतलासको क्रममा मंसिर २९ गते सुनसरी जिल्ला भोक्राहा नरसिंह २ बस्ने वर्ष २१ को निकाइल अन्सारी र सुनसरी जिल्ला हरिनगरा ६ बस्ने वर्ष ३९ को नजाम अन्सारीलाई निजले साथमा बोकेको अवैध लागु औषध , खैरो हिरोईन, जस्तो देखिने पदार्थ १ . ३ ग्राम सहित पक्राउ गरी अनुसन्धान कार्य भई रहेको छ ।
प्रतिवादी नजाम अन्सारीको साथबाट राजकुमार मण्डलको नाममा रहेको को २४ प ३६७५ नम्बरको हिरो सुपरस्प्लेण्डर मोटरसाईकलको ब्लु बुक समेत बरामद भएकोले उक्त मोटरसाईकलको धनी र उल्लेखित स्थानहरूबाट मोटरसाईकल हराउने ब्यक्तिहरूले आफ्नो मोटरसाईकलको ब्लु बुक सहित जिल्ला प्रहरी कार्यालय मोरङको अपराध अनुसन्धान शाखामा सम्पर्क गर्नु हुन समेत अनुरोध गरिएको छ ।
मोरङ जिल्ला अदालतबाट पक्राउ प्रतिवादीहरूमध्ये नजाम अन्सारीलाई लागू औषध र चोरी कसूरमा ५ दिन र निकाईल अन्सारीलाई चोरी र कसूरमा दिन ५ पाँच, म्याद थप गरी अनुसन्धान कार्य भई रहेको छ ।