प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

, मंसिर २४ गते ।
विराटनगर । बिराटनगर महानगरपालिका १६ हुलास चोकबाट प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार दिउँसो १२ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको को २० प १२६६ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा उक्त मोटरसाईकल चालक इटहरी उपमहानगरपालिका १९ का ३१ बर्षीय अनिल कार्की र पछाडी सवार इटहरी २ का ३२ बर्षीय सुनिल मगरको साथबाट प्रतिबन्धित औषधी एभिल, डाइजोपाम, फेनारागन र लुपिजेसिक गरी ४० एम्पुल बरामद भएको थियो । प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।