अवैध भन्सार छलीको सामान बरामद

विराटनगर । मोरङको रतुवामाई नगरपालिका वडा नं ४ झुर्किया स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको प्र १–०१–००१ च ८६८७ नंम्वर को मारुती कारलाई प्रहरी चौकी झुर्कियाबाट खटिएको गस्ति टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ ल्याउदै गरेको खाद्यान्न तथा सुर्तीजन्य पदार्थ र उक्त सामानहरू बोक्न प्रयोग गरिएको मारूती कार सहित अन्दाजी मुल्य रू। ५ लाख २६ हजार ३ सय ८० रुपैया बराबरको सामान, मारूती कार र चालक जिल्ला झापा दमक नगरपालिका वडा नं ९ बस्ने बर्ष ३८ को सुरज थापा र सोही वडा ९ बस्ने बर्ष ५०
को कुमार राईलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाईएको । ।