
लागुऔषध सहित ७ जना पक्राउ
बिराटनगर, मंसिर २३ गते ।
विराटनगर । मोरङ र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधी सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार दिउँसो मोरङको बिराटनगर महानगरपालिका( १६ दरैया स्थितबाट लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेका बिराटनगर ९ का ३३ बर्षीय जिवन तामाङ र खाँदबारी नगरपालिका ७ संखुवासभाका २८ बर्षीय हिरालाल बिश्वकर्मालाई १ ग्राम ४८ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने सोहि दिन मिक्लाजुङ गाउँपालिका ९ का ३० बर्षीय सरोज मण्डल र उर्लाबारी नगरपालिका ५ का २४ बर्षीय रमेश सिंह लिम्बुलाई १ ग्राम १८ मिलिग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो । यसैगरी बिराटनगर( १५ बाट प्रतिबन्धित औषधी २ बोतल, (१० र २४ ट्याप्लेट सहित ईटहरी( ४ का ४० बर्षीय खेमराज श्रेष्ठ र ईटहरी( ८ का ४६ बर्षीय पंकज सिंहलाई पक्राउ गरेको हो । त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका( ६ स्थित प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा( २ का २४ बर्षीय सुरेन्द्र बस्नेतलाई डाईजेपाम, बुप्रिनोरफीन र फेनारागन गरी जम्मा ९ एम्पुल प्रतिबन्धित औषधी सहित शुक्रवार पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।