
विराटनगर । आज अन्दाजी ४ बजेको समयमा बिराटनगर महानगरपालिका वडा नं .७ सातघुम्ती स्थित कवाडी पसलमा अचानक आगलागी भएको भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरिक्षक समेतको टोली खटी गएको, उक्त आगलागीबाट देहाय बमोजिम उल्लेखित २ जनाको मृत्यु भउको र ४ जना मानिसहरु घाईते भएका छन । आगलागीबाट घाईतेहरु मध्ये २ जनाको अवस्था गम्भिर र २ जनाको अवस्था मध्यम रहेको छ । २ जनाको मृत्यू भएको छ । घाईतेहरुलाई थप उपचारको लागी जलनको गाम्भिर्यता, संलग्न चिकित्सकहरुको राय अनुसार तत्काल किर्तिपुर स्थित जलन सम्बन्धी विशिष्टिकृत अस्पतालमा एयर एम्बुलेन्सद्वारा पठाईएको छ। गम्भीर घाईतेहरुमा बिराटनगर मनपा ६ बस्ने अन्दाजी बर्ष ६५ की सुशिला पासवानको जिउ र हात खुट्टा जलेको अवसथा छ । बिराटनगर मनपा ६ बस्ने अन्दाजी बर्ष ६० की रिता सरदारको जिउ एवं हातखुट्टा जलेको अवथा छ । मध्यम घाईतेहरुमा बिराटनगर मनपा ६ बसने अन्दाजी बर्ष ५८ को किशोर पासवानको दुबै घुँडा मुनी जलेको छ । कटहरी गाउापालिका ६ बस्ने अन्दाजी बर्ष ३० की पिङ्की कामतको खुट्टामा जली घाईते भएकी छिन । । विराटनगर ६ बस्ने अनदाजी बर्ष ४० को दिपक मण्डलको जलेर मृत्यु भई शव न्युरो अस्पताल बिराटनगरमा रहेको छ । तत्काल पहिचान नखुलेको महिलाको जलेको शव समेत फेला परेको छ ।