
, मंसिर १९ गते ।
विराटनगर । मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट भ्रष्टचार मुद्धाका पाँच जना फरारप्रतिवादीहरुलाई प्रहरीले पक्राउ छ । कोशी प्रदेश प्रहरी कार्यालयको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिंदा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भ्रष्टचार ९ राजश्व रकम हिनामिना मुद्धामा सम्मानित विशेष अदालत बबरमहल, काठमाण्डौको मिति २०७९ साल चैत्र ८ गतेको फैसला आदेशले ७ बर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५ सय ९४ रुपैया जरिवाना तोकिई थियो । फरार रहेका बिराटनगर महानगरपालिका ३ का मणिराज दाहाललाई ६ बर्ष कैद र १ करोड १ लाख ६५ हजार ८ सय १२ रुपैया जरिवाना तोकिएको थियो । कुमार बहादुर कटुवाल,लाई ९ बर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८ सय ८४ रुपैया जरिवाना तोकिएका टिकाराम अधिकारीलाई ८ बर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६ सय ७६ रुपैया जरिवाना तोकिई फरार रहेका देवराज नेपाल र ८ बर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३ सय ४२ रुपैया जरिवाना तोकिएका बिराटनगर(४ का नयराज नेपाललाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो पक्राउ परेका उनिहरुलाई सम्मानित मोरङ जिल्ला अदालतमा उपस्थित गराईएकोमा तिकिएको कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला कारगार मोरङ पठाईएको छ ।