६ जना फरार प्रतिवादीहरू पक्राउ

६ जना फरार प्रतिवादीहरू पक्राउ

फरार प्रतिबादीहरुको खोजी तथा पक्राउ अभियान अन्तर्गत सम्मानित मोरङ जिल्ला अदालतको विभिन्न मितिको फैसलाले चोरी, जवरजस्ती करणी उद्योग, लागु औषध र अभद्र ब्यवहार कसूरमा दोषी ठहर भई फरार रहेका निम्न प्रतिवादीहरूलाई ईलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०८।११ गते पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतमा पेश गरिएको । समिर तामाङ चोरी ४ दिन कैद सुन्दरहरैचा नपा १० निवासी समिर तामाङ चोरी मुद्दामा ४ दिन कैद भएको र सोही स्थानका नबिन सार्की चोरी मुद्दामा ४ दिन कैद , कटहरी गापाँ ३ निवासी मेहदीशेख मिया चोरी मुद्दामा १ महिना कैद, र ५ सय जरिवाना सुनाएको छ । ग्रामथान गापा ५ का सञ्जय चौधरी लाई चोरी र जवरजस्ती करनी उद्योगमा ११ महिना ४ दिन कैद, १० हजार जरिवाना , गणेस तामाङ लागुऔगाध गाँजा मुद्दामा ६ महिना १२ दिन कैद र केराबारी गापा १० का प्रिमान लिम्बुलाई अभद्र मुद्दामा २ हजार जरिवाना
सम्मानित अदालतबाट भएका फैसलाहरूको प्रभावकारी कार्यान्वयन गरी दण्डहिनता अन्त्य गर्ने अभियान अन्तर्गत आर्थिक बर्ष २०८०र०८१ मा मिति २०८०।०८।१० गते सम्म फरार १७७ जना प्रतिवादीहरू पक्राउ परेकोमा मिति २०८०।०८।११ गते पक्राउ परेका थप ६ जना समेत गरी जम्मा १८३ जना फरार प्रतावदीहरूलाई सम्मानित मोरङ जिल्ला अदालतमा बुझाईएको छ ।