
बिराटनगर, कार्तिक २४ गते ।
उदयपुर र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट बिभिन्न मुद्धाका तिन जना फरार प्रतिवादीहरुलाई कार्तिक २३ गते प्रहरीले पक्राउ गरेको छ । फैसला कार्यान्वयन अभियान अन्तरगत ईलाका प्रहरी कार्यालयई रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले वन मुद्धामा सम्मानित उदयपुर जिल्ला अदालतको मिति २०७५।०९।०६ गतेको फैसला आदेशले १० दिन कैद र नगद २९ हजार ३ सय ६२ रुपैँया जरिवाना
रहि फरार रहेका बेलका( १ का ६० बर्षीय जय प्रकाश चौधरी र गाली बेइज्जेती मुद्धामा सम्मानित उदयपुर जिल्ला अदालतको मिति २०७३।१२।०५ गतेको
फैसलाले नगद ५ सय जरिवाना तोकिएका बेलका( १ का ५४ बर्षीय सहदेब चौधरीलाई पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले चोरी सम्बन्धी कसुर मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७९।११।०२ गतेको फैसला आदेशले ५ महिना कैद र नगद ७ हजार रुपैँया जरिवाना भई फरार रहेको दुहवी( ३ का २८ बर्षीय प्रल्हाद रिषिदेवलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी
पक्राउ गरको हो । पक्राउ परेका फरार प्रतिवादीहरुलाई सम्बन्धित जिल्ला अदालतहरुमा उपस्थित गराईएको छ ।