आगोले जली बृद्धा महिलाको मृत्यु

कार्तिक २४ गते ।

विराटनगर ।

झापाको अर्जुनधारा नगरपालिका( १० स्थित आगोले जलेर एक जना बृद्धा महिलाको मृत्यु भएको छ । हिजो राती साढे ८ बजे स्थानिय ७३ बर्षीय शिव कुमार राईको टाटी बेरा र टिनको छाना भएको घरमा अचानक आगलागी हुँदा निजको  श्रीमती ७५ बर्षीया दिलकुमारी राईको जलेर घटनास्थलमै मृत्यु भएको हो ।  आगलागीको खबर प्राप्त भएसगै अस्थाई प्रहरी पोष्ट सालबारीबाट प्रहरी टोली
खटिगई स्थानीयवासीहरुको समेत सहयोगमा आगलागी नियन्त्रणमा लिईएको  थियो । आगलागीमा परेर घाईते भएका शिव कुमार राईको शनिश्चरे अस्पताल   शनिश्चरेमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान
गरिरहेको छ ।