
जनहित साप्ताहीक
विराटनगर । मिति २०८०।०५।०२ गतेदेखि मिति २०८०।०५।२२ गतेसम्म मोरङ जिल्लाका विभिन्न स्थानहरूमा पेस्तोल, रड, लाठी लगायतका हातहतियार देखाई कुटपिट गरी श्रृङ्खलाबद्ध रूपमा लुटपाट गर्ने गिरोहलाई नियन्त्रणमा लिन संचालन गरी मिति २०८०।०५।२२ गते २३स्३० बजेको समयमा लुटपाटमा संलग्न ७ जनालाई नियन्त्रणमा लिईएको ।
पक्राउ प्रतिवादीहरू बर्ष ४० को रिजवान मियाँ र बर्ष २४ को नजरूल मियाको घरमा लुकाई छिपाई राखेको अवस्थामा कटुवा पेस्तोल थान(१, प्रहरीबाट लुटिएको चाईनिज पेस्तोल थान(१, मोवाईल फोन थान १६, मेमोरीकार्ड थान १२, नेपाली नगद रू १ लाख ७५ हजार २ सय पचहत्तर, भारतीय नगद रू ११ हजार ६ सय र मोटरसाईकल थान(२ समेत बरामद गरिएको ।
डाँका चोरी र संगठित अपराध अन्तर्गत अनुसन्धान गरी मिति २०८०।०५।२४ गते सम्मानित मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएकोमा सम्मानित अदालतको मिति २०८०।०७।२३ गतेको आदेशले जिल्ला मोरङ बुढिगंगा गाउँपालिका वडा नं ५ बस्ने बर्ष २४ को म।नजरूल मियाँ, ऐ वडा नं ४ बस्ने बर्ष ४० को रिजवान मियाँ, जिल्ला सुनसरी दुहवी नगरपालिका वडा नं १ बस्ने बर्ष ३१ को मोहमद अलि मुरताजा मियाँ, ऐ ऐ बस्ने बर्ष ३० को नजरूल मियाँ र दुहवी नगरपालिका वडा नं ६ बस्ने बर्ष ४० को मो आलम पुर्पक्षको लागि कारागार चलान भएको । उक्त मोवाईलहरूको लक तोडेर आपराधिक कार्यमा सहयोग गर्ने मोवाईल पसल संचालक बर्ष ३० को सिजाम आलमलाई रू। १ लाख धरौटी माग भएकोमा उक्त धरौटी राखी छुटेको ।