
नेपालमा लागु औषध सेवन गर्न कडाई गरिएको कारण धरान, ईटहरी, केराबारी, बेलबारी, उर्लाबारी, विराटनगर लगायत मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट मोरङ जिल्लाको रानी, दरैया सीमा नाकाबाट भारतको जोगबनीतर्फ लागु औषध सेवन गर्न गईरहेका ६५ जना लागु औषध सेवनकर्ताहरूलाई चेकजाँच गरी भारततर्फ जानबाट रोकिएको ।
रोकिएका लागु औषध सेवनकर्ताहरूलाई ूऋबmउबष्नल ब्नबष्लकत ल्बचअयतष्अकू को ज्यमिष्लन ऋभलतभच मा राखी जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जन कुमार दाहालबाट सचेतनामुलक अन्तरक्रिया गरिएको ।
अन्तरक्रियाको क्रममा लागु औषध दुरूपयोगको कारण हुने गम्भीर ब्यक्तिगत, पारिवारिक एवम सामाजिक समस्याहरूको बारेमा चर्चा गर्नुका साथै यस कुलतबाट बच्न अपनाउन सकिने सिर्जनात्मक उपायहरूको बारेमा समेत जानकारी गराईएको । अन्तरक्रियाको अन्त्यमा लागु औषध प्रयोगकर्ताहरूबाट आगामी दिनमा लागु औषधको दुरूपयोग नगर्ने प्रतिबद्धता ब्यक्त गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङले संचालन गरेको ूऋबmउबष्नल ब्नबष्लकत ल्बचअयतष्अकू अन्तर्गत आर्थिक बर्ष २०८०।०८१ को ३ महिनामा १८०० जना भन्दा बढि लागु औषध सेवनकर्ताहरूलाई ज्यमिष्लन ऋभलतभच मा राखी सुसुचित गरी सिमा नाकाबाट घरतर्फ फर्काईएको थियो ।