शसस्त्र प्रहरीले १ वर्षको अवधिमा समाएकोल मरिच र काजु भन्सारमा वुझाएन , सवै खाए

शसस्त्र प्रहरीले १ वर्षको अवधिमा समाएकोल मरिच र काजु भन्सारमा वुझाएन , सवै खाए
जनहित सम्वाददाता
विराटनगर । मोरङमा शसस्त्र प्रहरीले विगत एक वर्ष देखि तस्कर संग खुलेआम घुस खान छाडेका छन ।

तर वर्षभरीमा विराटनगर रानी भन्सार तथा आसपासको सिमा नाकावाट शसस्त्र प्रहरीले वर्षभरीमा तस्करीको काजु दुई कुइन्टल भन्दा वढी काजु समाए पनि उतm समाएको काजु विराटनगर भन्सार कार्यालयमा एक किलो पनि नवुझाएको मुद्दा शाखाका कर्मचारीले वताएका छन । त्यसैगरी महगो आइटम मरिच पनि शसस्त्र प्रहरीले एक वर्षमा दुई कुइन्टल भन्दा वढी समाए पनि हाल सम्म भन्सार कार्यालयमा नवुझाएको मुद्दा शाखाले जानकारी दिएको छ । यसरी महगो मुल्य पर्ने खाने कुरा काजु किसमिस र मरिच प्रहरी अधिकृतहरुले आफनो घर लाने गरेको र आफन्त र आफना माथीलो तहको हाकिमलाई वितरण गर्दै आएको रहस्य वाहिर आएको छ । एक काजू तस्कर भन्छन यो एक महिनामा मेरो चार पटकमा ४० केज्ी काजु शसस्त्र प्रहरीले समाए तर छाडेन र भन्सार पनि वुझाएन ।

त्यसैगरी अर्का एक काजु तस्करले आफनो नाम सार्वजनिक नगरि दिने सर्तमा उनले भने मेरो यो, दुई महिनामा ७ पटक १० किलोको दर ७० केजी काजु शसस्त्र प्रहरीले समाए पनि फिर्ता नदिएको र भन्सारमा समेत नवुझाएको कुरा वताए । त्यसैगरी एक मरिच तस्कर महिलाका अनुसार पटक पटक एक कुइन्टल भन्दा वढी मरिच समाए पनि छाडेन र भन्सार समेत नवुझाएको गुनासो सुनाएका छन । ६ महिना अगाडी समाउदा पैसाँ खाएर छाडी दिन्थे अहिले पैसाँ खान डराने गरेको एक तस्करले वताए । यस विषयमा पकलि स्थ्ति शसस्त्र प्रहरीका डिआजी अन्जिल कुमार पोखरेल संग यस विषयमा जिज्ञासा राखदा यस विषयमा मलाई केहि जानकारी छैन ।

यस विषमा मैले अनुसन्धान गर्ने छु । यस्तो कार्य गर्नेलाई कारवाही गर्ने वताउनु भयो । एक वर्ष अगाडी शसस्त्र प्रहरीले नेपाल भारतको सिमा नाकामा तस्करहरु संग सवैको अगाडी देखिने गरि खुलेआम दश विस रुँपैया घुस खाने गरेका थिए । तर यस निकायमा डिआजी अन्जिल कुमार पोखरेल पकलीमा सरुवा भएर आए देखि आफुलाई इमानदार डिआजी भनेर सावीत गरेर प्रमानीत गरे । उहाको पालामा कुनै कर्मचारीले खुलेआम घुस खान पाएन । घुस खाएको खवर डिआजीले थाहा पाउने वितिकै टिममा रहेको इन्चार्ज र टिममा दोषी सावीत हुनेलाई ४० दिन सम्म तालीममा हाल्ने काम भएको छ । घुस खाने केहि कर्मचारीको जागिरवाटै निलम्वन गरि दिए । केहिले काम गर्न नसकेर राजीनामा दिएर घर फर्केका छन । डिआजीले यति धेरै टाइट गर्दा पनि डिउटीमा रहेको कर्मचारी घुस खान छाडेका र्छन । कर्मचारीहरुले तस्कर संग हातमा पैसाँ नलिएर आइसकृ म पसल , पान पसल , देउराली होटमा तस्करले पैसा जम्म गर्ने गरेका छन । महिला प्रहरीहरु मिनेट मिनेटमा शौचाल्य जाने र घुस शौचालयमा नै लिने गरेको र पैसाँ वुटमा लुकाउने गरेका छन । दिन भरिमा समाएको महङगा हजार दुइहजार पर्ने कसमेटीक सरसामानहरु डिउटी सकेपछि आफनो झोलामा हालेर लाने गरेको रहस्य वाहिर आएको छ । केहीले डिउटी सकेर सिभीलमा आएर आफनो सामान लाने गरेका छन ।