निषेधित तथा म्याद गुज्रिएको औषधी सहित ४ जना पक्राउ

विराटनगर । कार्तिक १५ गते ।

सुनसरीको बराहक्षेत्र नगरपालिका(५ कालाबञ्जार स्थितबाट निषेधित तथा म्याद गुज्रिएको औषधी बिक्री बितरण गर्ने २ जना सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

उक्त स्थानमा रहेको सुभेक्षा मेडिकलबाट नियन्त्रित तथा म्याद गुज्रिएको औषधीहरु बिक्री बितरण भइरहेको भन्ने बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट मंगलवार खटिएको प्रहरी टोलीले औषधी बिक्री गर्ने स्थानिय ५० बर्षिय विनय चौधरी निजकै २१ बर्षिया छोरी सुभेक्षा चौधरी तथा औषधी खरिद गर्ने बराहक्षेत्र नगरपालिका(८ का २१ बर्षिय रोमन नेपाली र बराहक्षेत्र नगरपालिका(३ का २१ बर्षिय विधान राईलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले निषेधित औषधी ज्थमचयअजयिचष्मभ ७ एजभलथभिउजचष्लभ ज्थमचयअजयिचष्मभ ब्लतष्पया त्बदभितक ११८१ र ३४ क्याप्सुल तथा म्याद गुज्रिएको क्थचगउ २० पिस, ऋचभबm १९ पिस र क्याप्सुल तथा ट्याब्लेट गरी ६५ पिस बरामद गरेको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।