
असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
बिराटनगर, कार्तिक १० गते ।
जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी नायव निरीक्षक कमल बहादुर कार्की र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार बिनोद ओझालाई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी (Best Police The Month) घोषित गरी पुरस्कृत गरिएको छ । अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने दुबै जना प्रहरी कर्मचारीलाई कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरेको हो । कार्कीले जिल्ला प्रहरी उदयपुरमा कार्यरत रही कर्तव्य ज्यान मुद्धाका प्रतिवादीहरुलाई सुक्ष्म अनुसन्धान गरी पक्राउ गर्न सफल भएको र ओझाले सुनसरी जिल्लाका बिभिन्न स्थानबाट नक्कली नोटको कारोवार गर्ने तथा जुवाजन्य खेल खेल्ने मानिसहरु पक्राउ गर्न सफल भएको र फरार प्रतिवादी पक्राउ गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेकोले उनीहरुले गरेको उत्कृष्ट