
लागुऔषध सहित ७ जना पक्राउ
बिराटनगर, असोज २४ गते ।
विरनटनगर । झापा र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित ब्राउन सुगर, औषधी र गाँजा सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको भद्रपुर नगरपालिका-३ स्थित मेची झोलुङगे पुलमा प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर नगरपालिका-२ का १९ बर्षीय निसान लिम्बु, भद्रपुर-८ का २४ बर्षीय रिवज रनपहेली, दमक-१ का २१ बर्षीय रुस्बिन लिम्बु र बिक्रम लिम्बु समेतलाई उनिहरुले साईकलको सिटमुनी लुकाईछिपाई राखिएको १४ ग्राम १ सय ५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिइएको हो भने इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का २३ बर्षीय शेख खुवान मियालाई १ किलो ग्राम २ सय ७० ग्राम गाँजा सहित उनकै कोठाबाट पक्राउ गरेको हो ।
यसै गरी उदयपुरको त्रियुगा नगरपालिका-६ स्थितमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स. ६ प८५४२ नम्बरको स्कुटरमा सवार रहेका त्रियुगा