ठुलाे परिनामकाे प्रतिवन्धीत आैधषी पक्राउ प्रतिबन्धित औषधी बरामद


  • विराटनगर । विराटनगर–१३ बाट तीनलाख २१ हजार ४२४ रुपैँया मूल्य बराबरको प्रतिबन्धित औषधी प्रहरीले बरामद गरेको छ ।
    भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा विराटनगर–१३ जतुवा नहरबाट प्रहरीले उक्त औषधी बरामद गरेको हो ।

    यति ठूलो परिमाणमा प्रतिबिन्धत औषधी ल्याउँदै गरेको अवस्थामा सिआरभी जतुवाको प्रहरी टोलि त्यहाँ पुगेको थियो । प्रहरीलाई लेख्नासाथ संलग्न व्यक्ति भागेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिएका छन् ।

    प्रहरी देखेपछि भाग्नेहरुले झोलामा बोकेको औषधीहरु ओकेरोन ३६४ थान, माइसोफिट २ डब्बा र गासोनोल दुई डब्बा रहेको छ । प्रहरीले बरामद गरेको औषधी आवश्यक कारवाहीका लागि औषधी व्यवस्था विभाग विराटनगर कार्यालयमा वुझाएका छन ।