लागुऔषध ब्राउन सुगर सहित ६ जना पक्राउ
बिराटनगर, श्रावण १२ गते ।
कोशी प्रदेश प्रहरी कार्यालय एक्ष्त् समुह र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउनसुगर सहित छ जनालाई पक्राउ गरेको छ । हिजो सुनसरीको धरान उप(महानगरपालिका( ८ स्थितमा लागुऔषध बिक्रि बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको एक्ष्त् समुहबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ बर्षीय साजन बि।क।,३३ बर्षीय सिताराम तामाङ, ४२ बर्षीय जनक राई, ३५ बर्षीय रबिन बराईली र २४ बर्षीय आलोक मगरलाई २ ग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी मोरङको रंगेली नगरपालिका(४ स्थित ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले भारतिय नागरीक ७० बर्षीय भल्लु पासवानलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट ४ ग्राम ७ सय ९० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।